१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विद्युतको भर नहुँदा पीसीआर ल्याव सञ्चालनमा भएन


0
Shares

सर्लाही । विद्युत्को भर नहुँदा सर्लाहिमा पीसीआर ल्याव सञ्चालनमा समस्या भएको छ ।

घण्टैपिच्छे विद्युत् जान थालेपछि स्वाब परिक्षणमा समस्या भएको हो ।

जिल्ला अस्पताल मलंगवाको पीसीआर ल्याबमा तीन दिन अघि ९४ जनाको थ्रोट स्वाब परिक्षण गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो ।

तर त्यसपछि छिनछिनमै विद्युत् गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला अस्पताल मलंगवाका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताउनुभयो ।

मेसिन सञ्चालन नहुँदा स्वाब संकलन प्रभावित भएको छ । विद्युत् नभएपछि संकलित स्वाबको रिपोर्ट दिनसमेत ढिलाइ भएको छ ।