
सागर न्यौपाने
स्याङ्जा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ ।
कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले अस्पताल निर्माणका लागि आवश्यक परेमा पार्टीको मुख्यालय नेै उपलब्ध गराउनेगरी निर्णय भएको जानकारी दिनुभयो ।
कोरोना संक्रमण समुदायसम्म फैलिरहेको अवस्थामा निश्चित स्वास्थ्य संस्था र अस्पतालले मात्र बिरामीको चाप थेग्न नसकेका बेला कांग्रेसको निर्णय स्वागत योग्य भएकोे स्थानीयको भनाई छ । कोभिड अस्पतालका लागि स्थानिय तह, प्रदेश, केन्द्रीय सरकार वा कुनै आधिकारिक स्वास्थ्य सस्थाले अस्थायी उपयोग गर्न चाहेमा उपलब्ध गराउन सकिने बताइएको छ ।
महामारी रोग नियन्त्रणगरी र नागरिकका जीवन रक्षाको लागि सरोकारवाला निकाय गम्भीर हुन आग्रह गर्दै नेपाली काग्रेस स्याङ्जाले आवश्यकता अनुरुप सहयोगका लागि हातेमालो गर्न तयार रहेको एक प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
पुतलीबजार नगरपालिका १ अभियानपथमा रहेको सो भूईतला सहित ४ तलाको छ । वाक्लो बस्ती भन्दा पर रहेको भवन अस्पतालका लागि उपयोगी छ । उता नेकपा एमालेले भने प्रेस विज्ञप्ती जारी गर्दै संघिय, प्रदेश र स्थानीय सरकारलाई ध्यानाकर्षण गर्दै नागरिकलाई सहज स्वास्थ्य सुविधा पुराउन माग गरेको थियो ।
पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल निर्माण गर्ने जानकारी सहितको पत्र जिल्ला प्रशासन कार्यालय, समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय र पुतलीबजार नगरपालिकालाई जानकारी दिएको कावा सभापति रानाले बताउनुभयो । यसभन्दा अगाडी सामाजिक सञ्जाल मार्फत यो माहामारीको संकटमा कोरोना संक्रमणका लागि पार्टी कार्यालय उपलब्ध गराउन कार्यकर्ताले दबाव दिदै आएका थिए । कांग्रेसले पाटी कार्यालय कोभिड १९ का लागि प्रयोग गर्न दिने निर्णय प्रति कार्यकर्तामा उत्साहा छाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्