२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता, ४० सांसदको हस्ताक्षर


0
Shares

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

माओवादी केन्द्र, कांग्रेस, जसपा राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेका छन् । जसमा नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्य छन् ।

संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो ।

जसमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।