१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीलाई सच्चिएर आउन नेपाल समूहले दियो आज बिहान ९ बजेसम्मको अल्टिमेटम


0
Shares

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

सर्वोच्च अदालतको आदेशले दुईवटा पाटीको एकतालाई भंग गरेपछि पार्टीलाई पुर्ववत रुपमा नै संञ्चालन गर्नुपर्ने अडान लिदै आएको सो समूहले सोही अडानमा अडिग रहदै त्यसमा अध्यक्षको प्रतिवद्धता खोजेको हो ।

खनाल नेपाल समूहका सांसदहरुको हिजो सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओलीलाई २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिवद्धताका लागि आज बिहान ९ बजे सम्मको समय दिएको हो ।

नेता योगेश भट्टराईले ९ बजेसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्षको आफुहरुको मागका सम्बन्धमा प्रतिवद्धता नआए त्यसपछि कठोर निर्णय गर्ने चेतावनी दिनुभयो ।

प्रधानमन्त्रीको तर्फबाट पार्टी संगठनलाई पूर्ववत अवस्थाबाट संञ्चाल गर्र्ने प्रतिवद्धता नआए नेपाल पक्षका सांसदहरुले सांसद पदबाट नै राजीनामा गर्ने तयारी गरेको छ ।