
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।
गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडलाई जित दिलाउन फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक एक गोल गरे ।
जितसँगै ३४ खेलमा ७० अंक जोडेको युनाईटेड दोस्रो स्थानमा यथावत छ । एस्टन भिल्ला ४८ अंक जोडेर ११ औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्को खेलमा वुल्भरह्याम्टनले ब्राइटनलाई २–१ ले हराएको छ ।
गएराति नै भएको अर्को खेलमा एभर्टनले घरेलु टोली वेस्ट ह्याम युनाईटेडलाई १–० ले हराएको छ ।
जितसंगै एभर्टनले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जिवितै राखेको छ । एभर्टन लिगको आठौं स्थानमा छ ।
तर एक खेल कम खेलेको सातौं स्थानको टोटेनहमसंग एक अंक र पाँचौ स्थानको वेस्ट ह्यामसँग ३ अंकले पछि छ ।
प्रतिक्रिया दिनुहोस्