
एजेन्सी । भारतमा कोरोना महामारी नियन्त्रणका लागि सेनाका अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई करारमा भर्ना गर्ने निर्णय गरिएको छ ।
महामारीकाबीच स्वास्थ्य प्रणाली मजबुत बनाउनका लागि भन्दै ४ सय पूर्व सैन्य स्वास्थ्यकर्मीलाई ११ महिनाका लागि भर्ना गर्न लागिएको हो ।
यस्तै अनलाइन परामर्शका लागि पनि चिकित्सकहरु भर्ना गरिने भएको छ ।
अधिकांश राज्यहरुमा संक्रमण दर दिनानुदिन बढ्नुका साथै मृत्युदर पनि उच्च हुँदै गएपछी कर्नाटक र तमिलनाडुमा आजबाट पूर्ण रुपमा लकडाउन घोषणा गरिएको छ ।
राजस्थानमा आगामी २४ मे सम्म लकडाउनका अवधि बढाइएको छ ।
देशव्यापी लकडाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाब बढ्दो छ ।
भारतमा पछिल्लो २४ घण्टामा ४ हजार बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या चार लाख नाघेको छ ।
भारतमा कोरोना कारण हालसम्म २ लाख ४६ हजार १ सय बढीको मृत्यु हुँदा २ करोड २६ लाख ६२ हजार ४ सय बढी संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्