
एजेन्सी । अमेरिकाको प्रमुख इन्धन सेवा प्रदायकको मुख्यालयमा भएको साइबर आक्रमणपछि आपतकाल लागु गरिएको छ ।
आक्रमण पछि इन्धन पाइपलाइन सेवा पूर्ण रुपमा प्रभावित भएको भन्दै आपतकाल लागु गरिएको हो ।
आपतकाल पछि सडकमार्गबाट पनि इन्धन आपूर्ति गर्न सहज हुने अधिकारीहरुले जनाएका छन् ।
हिजो अमेरिकाको मेट्रो एट्लान्टामा रहेको कोलोनियल पाइपलाइनको मुख्यालयमा साइबर आक्रमणकारीको निशानामा परेको थियो ।
आफ्ना केही सूचना प्रविधि प्रणालीमा साइबर आक्रमण भएपछि सावधानी स्वरुप केही पाइपलाइनबाट सेवा रोकिएको कोलोनियल पाइपलाइनले जनाएको छ ।
यसबाट २ देखि ३ प्रतिशतसम्म मूल्य वृद्धि हुन सक्ने र यो लामो समयसम्म जारी रहेका असर अझ बढी रहने जनाइको छ ।
केही दिन पाइपलाइन बन्द रहेमा इन्धनको अभाव हुन सक्ने विज्ञहरुले जनाए लगत्तै साइबर आक्रमण भएको हो ।
कोलोनियल अमेरिकाको प्रमुख इन्धन पाइपलाइनमा पर्छ भने यहाँबाट दैनिक १० करोड ग्यालिन इन्धन आफ्नो ५५ सय माइल लामो पाइपलाइन मार्फत वितरण गर्ने गरेको छ ।
ह्याकरहरुले पाइपलाइनको डाटा र कम्पुटर नै लक गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्