२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आपतकालिन उद्धार र खाद्यान्न ढुवानीको लागि चार विमानस्थललाई उडान अनुमति


0
Shares

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरणले आपतकालिन उद्धार र खाद्यान्न ढुवानीको लागि चार विमानस्थललाई उडान अनुमति दिने निर्णय गरेको छ ।

प्राधिकरणले चार्टर, आपतकालिन उद्धार उडानका लागि पोखरा, नेपालगन्ज, लुक्ला र सुर्खेत विमानस्थललाई उडान अनुमति प्रदान गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

उपत्यकाबाट हुने आन्तरिक तथा बाह्य उडानको लागि भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति जारी गर्नुपर्ने हुन्छ ।

यसअघि आन्तरिकमा वैशाख २० गतेदेखि र अन्तर्राष्ट्रियतर्फ भारत बाहेकका देशबाट हुने उडानमा बिहीबारदेखि व्यावसायिक उडानमा रोक लगाएको छ ।

यता भारतसँग भने सातामा २ वटा हवाई उडान भर्ने गरी नेपाल–भारतबीच भएको एयर बबल मोडेलमा उडान हुनेछ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले सूचीकृत गरेको होटलमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने गरी हप्ताको दुईवटा उडान गर्न पाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो जारी गरेको निर्णयमा भनिएको छ ।