
फाइल तस्वीर।
म्याग्दी । म्याग्दीमा कोरोनाका कारण मृत्यु हुने क्रम बढेपछि समुदायमै पुगरे स्वाव संकलन गर्न थालिएको छ ।
बेनी नगरपालिकाका र धौलागिरि गाउँपालिकाले वडा वडामा पुगेर स्वाब संकलन र एन्टीजेन परीक्षण थालेका हुन् ।
नगरपालिका क्षेत्रमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारी बनाउन घर–घरमा पुगेर स्वाव संकलन र जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रत्येक वडामा कारोना परीक्षणका लागि स्वाब संकलन र संक्रमण नियन्त्रणमा ल्याउन निषेधाज्ञालाई प्रभावकारी बनाउन निर्देशनसमेत दिइएको छ ।
सबै वडामा कोरोना व्यवस्थापनका लागि टास्कफोर्स समेत गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्