
web pic
सर्लाही । सर्लाहीमा आफ्नै श्रीमानले सिलौटो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
सर्लाही लालबन्दी नगरपालिका-२ पुनर्बासका ३५ वर्षीय बिजयलाल कर्णले बर्ष ३२ की उशादेबी कर्णलाई सिलौटोले टाउकोमा हानेर हत्या गरेका हुन् ।
आइतबार दिउँसो सामान्य घरायसी विवादमा भनाभन हुँदा कर्णले श्रीमती उशादेबीको टाउकोमा सिलौटो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत मदन कुँवरले जानकारी दिनुभयो । उशादेबीको घटनास्थलमा नै मृत्यु भएको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका-२ का स्थायी बासिन्दा उनीहरु हरिवन नगरपालिका-११ मा डेरामा बस्दै आएका थिए ।
घटनाको बिषयमा थप अनुसन्धान भई रहेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्