
एजेन्सी । अफगानिस्तानमा गुडिरहेको बसमा बिस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।
जाबुल राज्यमा भएको बिस्फोटमा घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । उनीहरूको अवस्था गम्भीर छ ।
अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता भएसँगै तालिवानले आक्रमण तीव्र बनाएको छ । मुश्लिमहरूको महान पर्व इदका लागि भन्दै तीन दिने युद्धविराम घोषणा गरेकै दिन विस्फोट भएको हो ।
प्रतिक्रिया दिनुहोस्