१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बंगलादेशको सूचीमा नेपाल ‘ए’, सम्पूर्ण उडान स्थगित


0
Shares

काठमाडौं । नेपालमा कोरोना माहामारीले भयावह रूप लिएको ठहर गर्दै बंगलादेशले पनि नेपालसँग हुने सबै उडानलाई सोमबारबाट रोक लगाएको छ ।

बंगलादेशको उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा कोरोनाभाइरस फैलने जोखिमलाई रोक्नका लागि नेपालसँग हुने उडानलाई अहिलेका लागि स्थगित गरिएको उल्लेख छ । साथै सोमबारदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ ।

बंगलादेशले जोखिमको आधारमा ए, बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल ‘ए’ समूहमा छ । ‘ए’ समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम रहेको छ ।