१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँच मिनेट बसेर स्थगित भयो प्रतिनिधिसभा बैठक


0
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक ५ मिनेट बसेर स्थगित भएको छ ।

राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो । यस्तै बैठकमा शहीदहरूप्रति श्रद्धान्जली दिँदै १ मिनेटको मौनधारण पनि गरिएको थियो ।

अर्को बैठक अहिले १५ मिनेटपछि बस्नेछ । अब बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मतको सन्दर्भमा छलफल र मतदान हुनेछ ।