
बर्दिया । राजापुरमा स्रोत नखुलेको अवैध १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख डिएसपि मीन बहादुर घलेले जानकारी दिनुभयो ।
चौधरीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यलय कोहलपुर बाके चलान गरिएको छ ।
कैलाली बाट बर्दिया आउने क्रममा कर्णाली सत्तिघाट पुलमा जाँच गर्दा चौधरीको साथबाट उक्त रकम फेला परेको घलेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्