
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोभिड–१९ को तीव्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा संसदमा सरकारको विश्वासको मत लिने बैठकमा ओलीले भन्नुभयो, ‘मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिन्छ’
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरे पनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार संविधान आवश्कता अनुसार संशोधन हुने बताउनुभयो । जनताको आवश्यकताको आधारमा समयानुकुल संविधान संशोधन हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्