
फाइल तस्वीर
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि १५ दिन बढाइने भएको छ ।
काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको ठहर गर्दै निषेधाज्ञाको अवधिलाई जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना महामारी ब्यापक भएपछि सरकारले पहिलो चरणमा यही बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा लागू गरेकोमा उक्त अवधि बढाएर बैशाख २९ सम्म पु¥याइसकिएको छ । अब निषेधाज्ञा जेठ १२ गतेसम्म जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस्