१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विश्वासको मत दिन सकिन्न, राजीनामा दिनुस्– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिन नसकिने स्पष्ट पार्नुभएको छ ।

सरकार गठन भएको बेलादेखिकै गतिविधि हेर्दा प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्ने अवस्था नदेखिएको बताउनुभयो ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले राजीनामा दिन सुझाव दिनुभएको छ ।

दाहालले भन्नुभयो, ‘तपाईं अहिले पनि राजीनामा दिएर लोकतान्त्रिक मार्ग प्रसस्त गर्नुहुन नै राम्रो हुन्छ भन्ने स्मरण गराउन चाहान्छु । ’

उहाँले अघि भन्नुभयो, ‘मैले संसद पुनःस्थापना भएको दिन नै भनेको थिए । तपाईंले राजीनामा दिएर अर्को सरकार गठन गर्न बाटो खोल्दिनु भनेको थिएँ।’