
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने सरकारलाई के आधारमा विश्वासको मत दिने भन्दै प्रश्न गर्नुभयो ।
सोमबार प्रतिनिधिसभामाको बैठकमा बोल्दै उहाँले संसदीय लोकतन्त्रलाई बेवास्ता गरेर संसद अधिवेशन टुंग्याएर अध्यादेश ल्याउने निरंकुश सरकारलाई विश्वासको मत दिने कुनै आधार नभएको स्पष्ट पार्नुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष यादवले ओली सरकारले भ्रष्टाचारीलाई नै ढाकछोप गरेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरे पनि ‘दरिद्र नेपाल दुःखी नेपाली’ भएको भन्दै के आधारमा विश्वासको मत दिने भनी यादवले प्रश्न गर्नुभयो ।
संविधान संशोधनको प्रस्ताव दुई पटक प्रस्तुत भए पनि ओली सरकारकै कारण संशोधन हुन नसकेको अध्यक्ष यादवले बताउँदै विश्वासको मतलाई सम्मान गर्न नसक्ने भन्दै मत नदिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्