
काठमाडौं । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
का सांसद प्रेम सुवालले कोरोना भाइरसको महामारीमा सरकारले कुनै पनि कदम नचालेकाले अहिलेको स्थिति आइपरेको बताउनुभयो ।
सीमामा कडाइ नगरिँदा कोरोना बढेको पनि उहाँको आरोप छ । उहाँले जनताको ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।
यता जनमोर्चा सांसद दुर्गा पौडेलले केपी ओलीको असंवैधानिक कदम रोक्न राजीनामा नै दिनुपर्नेमा जनमोर्चाको मत यथावत रहेको बताउनुभयो ।
नेतृत्वले दूरगामी दृष्टिकोण राख्न सक्नुपर्ने भन्दै हामीले नयाँ पिढीलाई के दिएर जाँदैछौं भनेर बुझ्नु पर्ने बताउनु भयो । उहाँले विपक्षमा मतदान दिनेसमेत जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्