
काठमाडौं । आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार भने हरियाली छायो । यसदिन बजार २७ अंकले उकालो लागेर २६ सय ४६ मा पुगेर थामिएको छ ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले उकालो लागेर ४ सय ७५ विन्दुमा पुगेको छ । यसदिन बजार बढे पनि कारोबार रकम र शेयर संख्या दुवैमा कमी आएको नेप्सेले जनाएको छ ।
सोमबार सबै उपसमूह हरियो रहँदा निर्जीवन बीमा सबैभन्दा बढी ३ सय ४६ अंकले उकालो लाग्यो । जीवन बीमा १ सय ३८ अंकले सकरात्मक रह्यो । यस्तै उत्पादन समूह १ सय ३४, अन्य ७९, लघुवित्त समुह ५० अंकले उकालो लागेको छन् ।
व्यापार समूहमा २० अंकको सुधार आउँदा विकास बैंक १८, जलविद्युत १६, वित्त समुहमा १० अंकले वृद्धि भएको छ । बैंक समूहमा सामान्य अंकको सुधार आउदा लगानी समूह र सामुहिक लगानी कोषमा हरियो मात्र रहे ।
सोमबार राष्ट्रिय बीमा समिति, समता घरेलु लघुवित्त वित्तिय संस्था, जलविद्युत परियोजनाका लगानीकर्ताले कमाउँदा १ सय ३५ कम्पनीको शेयर मुल्य वृद्धि भएको छ । विशाल बजार कम्पनीका लगानीकर्ताले बढी गुमाउँदा २६ कम्पनीको मुल्यमा गिरावट आएको छ । २२ कम्पनीको मुल्य स्थीर रहेको एक्सचेञ्जले जनाएको छ ।
कारोबारका आधारमा सोमबार नेपाल रिइन्स्युरेन्स कम्पनी अग्र स्थानमा रह्यो । सोमबार २ सय १८ कम्पनीको ७५ लाख बढी कित्ता शेयर ४ अर्ब २० करोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्