२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


स्याङ्जाका एकैदिन ४ जना कोभिड संक्रमितको मृत्यु


0
Shares

सागर न्यौपाने
स्याङ्जा । जिल्लामा एकैदिन चार जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

संक्रमणबाट वालिङ नगरपालिका, हरिनास गाउँपालिका, गल्याङ् नगरपालिका र फेदीखोला गाउँपालिका एक÷एक जना कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङ् नगरपालिका–१ की ६४ वर्षीय कोरोना, हरिनास गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गल्याङ नगरपालिका–३ का ८४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा २६ गते बेलुका ८ बजे मुत्यु भएको छ । उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा २६ गते बेलुका मृत्यु भएकोे छ । उहाँलाई वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।