
फाइल तस्विर
काठमाडौं । विपक्षी तीन दलले गठबन्धनको सरकार बनाउने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले संविधानको धारा ७६ को दुई बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्