
काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार साँझा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज संसदमा मतदान भएको थियो । मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत परेको थियो । बहुमतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्