
ताप्लेजुङ । फुङलिङ नगरपालिका–७ बहानन्देमा ढिस्कोले पुरिएर एक बालकको ज्यान गएको छ ।
बहानन्दे दोभान सडक खण्डमा सोमबार दिउँसो ढिस्कोले पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।
फुर्वा सोहि स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिटी कुट्ने काम गर्दै आएका आफ्ना बुबा आमासँगै गएका थिए । ढुङ्गा निकाल्दै गरेको भागमा माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर शेर्पाको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्