
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास जानुभएको छ । मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मतका लागि आह्वान गरेको संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सोमबार नै भएको विश्वासको मतकाे मतदानमा प्रधानमन्त्री ओली असफल हुनुभएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक भए पनि ओलीलाई ९३ मत मात्र पाउनुभएको थियो । विश्वासको मत प्राप्त नभएसँगै ओली पदमुक्त हुनुभएको छ ।
१५ सांसद तटस्थ बस्दा १ सय २४ सांसदले विश्वासको प्रस्तावको विपक्षमा मतदान गरेका थिए । बैठकमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय २८ सांसद् अनुपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्