२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्राइम बैंकमा आगलागी


0
Shares

चितवन । चितवनको भरतपुर–१० स्थित प्राइम कमर्सियल बैंकमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज गिरीका अनुसार बिजुली सर्ट भइ आगलागी भएको हो ।

प्रहरी, सेना र भरतपुर महानगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

आगलागीबाट बैंकका कम्पयुटर, प्रिन्टर लगायत फर्निचर लगायतका सामानहरू पूर्णरूपमा जलेका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।