
एजेन्सी । इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु भएको छ । मारिनेमा अधिकाशं बालबालिका छन् ।
गाजामा शासन गरेका कम्तिमा तीन जना लडाकु पनि मारिएको इजरायली सेनाले दाबी गरेको छ ।
प्यालेष्टाइनी लडाकुले जेरुसलममा श्रृंखलाबद्ध रकेट प्रहार गरे लगत्तै इजरायलले जवाफी कारबाही स्वरुप हवाई आक्रमण गरेको हो ।
इजरायल र प्यालेस्टाइनबीच पछिल्ला समय लगातार झडपहरु भइरहेका छन् ।
यसअघि हिजो जेरुसलममा इजरायली प्रहरीसंगका झडपमा कयौं प्यालेष्टाइनी घाइते भएका थिए ।्
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासबिरुद्ध इजरायलले कारबाही जारी राख्ने चेतावनी दिनुभएको छ ।
अमेरिका, युरोपियन युनिएन र बेलायतले भने तनाव चाँडो भन्दा चाँडो मत्थर पार्न दुबै देशलाई आग्रह गरेको छ ।
प्यालेस्टाइनले जेरुसलममा रहेको प्रख्यात अल अक्सा मस्जिद आफनो भएको जनाउँदै आएको छ ।
इजरायलले पनि सो मस्जिद आफुहरुको पवित्र धार्मिक स्थल दाबी गरेपछि यही मस्जिदको बिषयमा दुई देशबीच तनाब बढेको हो ।
प्रतिक्रिया दिनुहोस्