
सांकेतिक तस्विर
एजेन्सी । चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दैछ ।
अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो बेइजिङ पुगेको थियो । विमानले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ ।
चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरिसकेको छ । भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री भने स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने बताइएको छ ।
स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्