२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


कैलालीमा एटीएमबाहेक बैंकका सबै सेवा बन्द


0
Shares

कैलाली । कैलालीमा बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिने भएको छ ।

कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्लामा एटीएमबाहेकका सबै सेवा बन्द गरिने भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीको लागि एटीएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

साथै, सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जिल्लामा निषेधाज्ञा जेठ ६ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।

डीसीसीएमसीले यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।