१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल सुपर लिगः काठमाडौं र धनगढी फाइनलका लागि भिड्ने


0
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् ।

आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ ।

यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ ।

लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ ।

ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ ।

दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे शुरु हुने छ ।

लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाडौँ पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएको थियो ।