३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


काठमाडौंमा जेठ २ गतेबाट चिनियाँ खोप ‘भेरोसेल’ लगाउन सुरु गरिने


0
Shares

काठमाडौं । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप ‘भेरोसेल’ लगाउने अभियान सुरु हुने भएको छ । आगामी जेठ २ गतेदेखि खोप लगाउने अभियान सुरु गर्न लागेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जेठ २ गतेदेखि खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई पत्र लेखी पठाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी भिडभाड हुन नदिन कुपन वितरण व्यवस्था मिलाउन सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गरेको भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले मिलाउनेछ ।

भिडभाड बढेपछि कोरोना संक्रमण फैलने जोखिम बढ्ने भन्दै केही समयका लागि खोप अभियान स्थगित गरिएको थियो । पुन संक्रमण फैलिएपछि सुरक्षा व्यवस्थाका साथ खोप अभियान सुरु गर्ने तयारी गरेको प्रशासनको भनाई छ ।