२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कोरोनाबाट बर्दियामा २१ वर्षका युवाको मृत्यु


0
Shares

बर्दिया । कोरोना संक्रमणबाट बर्दियामा २१ वर्षका युवाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका ६ का करण थापा मगरको गएराति भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

उनी नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरका विद्यार्थी हुन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार १७ वैशाखमा कोरोना पोजेटिभ आएका उनलाई २५ वैशाखमा भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

मंगलबारसम्म बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।