
उदयपुर । कोभिडको नयाँ भेरियन्टका कारण उदयपुरमा सोमबार एक कार्यालय प्रमुख सहित ३ जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा एक ३४ बर्षिय पुरुष कार्यालय प्रमुखको शिक्षण अस्पताल महाराजगंजमा , त्रियुगा नगरपालिका ५ कि ५० बर्षिय महिलाको कोशी अंचल अस्पताल विराटनगर र अर्का त्रियुगा नगरपालिका ८ का ५५ बर्षिय पुरुषको नोबेल मेडिकल कलेज विराटनगरमा भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताउनु भयो ।
उदयपुरमा कोभिडका कारणले मृत्यु हुनेको संख्या यो सहित ७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ सय ३९ रहेको सुबेदीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्