
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अक्सिजन आपूर्ति र वितरणको गांठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएकाे छ ।
थापाले ट्वीटरमार्फत प्रधानमन्त्रीसँग जनताको जिवन रक्षाको पहल गर्न अनुरोध गर्नु भएको हो । थापा लेख्नुहुन्छ ‘अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदय विदारक अवस्था छ।’
ट्वीटसँगै थापाले भिडियाे पनि जारी गर्नुभएकाे छ । जहाँ जनता अक्सिजन अभावले छटपटिरहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएकाे छ ।
. @PM_Nepal ज्यू,अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदय विदारक अवस्था छ।कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गांठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु। pic.twitter.com/9sP0YBj38S
— Gagan Thapa (@thapagk) May 11, 2021
प्रतिक्रिया दिनुहोस्