१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेकु अस्पतालमा कोभिड–१९ परीक्षण स्थगित


0
Shares

corona patient treatment fee

काठमाडौं । देशकै पहिलो कोभिड परीक्षण र उपचार गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा कोभिड–१९ को पीसीआर परीक्षण स्थगित भएको छ ।

अस्पतालले मंगलबार एक सूचना निकालेर अस्पतालमा हुँदै आएको कोभिडको पीसीआर परीक्षण नहुने जानकारी गराएको हो । अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीद्वारा जारी सूचनामा ‘विशेष कारण’ भन्दै परीक्षण स्थगित गरेको हो ।

राजभण्डारीका अनुसार पीसीआर गर्नको लागि चाहिने आरएन एक्सट्रयाक्सन सकिएकाले परीक्षण स्थगित गरिएको हो । आफूहरूले अन्य ल्याबको किट प्रयोग नगर्ने र आइपुग्न तीन दिन लाग्ने भएकाले त्यसपछि पुनः परीक्षण सुरु गरिने उहाँको भनाइ छ ।

केही समययता परीक्षण गराउनेको संख्या घटेपछि कम किट आयात गरिएको र अहिले परीक्षण गराउने बढेपछि अभाव भएको उहाँको भनाइ छ । गएको १५ दिन यता ह्वात्तै संक्रमण बढेकाले एक्सट्रयाक्सन किट छिटै सकिएको उहाँले बताउनुभयो ।

पछिल्लो दुई दिन देखि नै त्यहाँ कोभिडको परीक्षण हुन छाडिसकेको थियो ।