१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अस्पताल, अक्सिजन र जनशक्तिको तत्काल व्यवस्थापन गर्न सरकारलाई सर्वोच्चको आदेश


0
Shares

काठमाडौं । सर्वोचच्च अदालतले कोभिड संक्रमितको उपचारका लागि अस्पताल, अक्सिजन र जनशक्तिको तत्काल व्यवस्थापन गर्न सरकारका नामाम अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको इजालासले संक्रमितका लागि आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाइ, थप साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउन र अस्पतालमा बिरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न स्वास्थ तथा जनसंख्या मनत्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष र सरोकार राख्ने स्वास्थ्य अस्पताल, अक्सिजन र जनशक्तिको व्यवस्थापनका लागि आवश्यकता अनुसार कार्यसमिति बनाएर समस्याको समाधान गर्न आदेश दिएको हो ।

अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भएको र संक्रमितको संख्या दिनानुदिन बढ्दै गरेको अवस्थामा उपचारबाट विमुख हुनुपर्ने अवस्था आएको भन्दै अधिवक्ता शैलेन्द्रप्रसाद अम्वेडकरले मन्त्रालयलाई विपक्षी बनाएर रिट हाल्नुभएको थियो ।