
काभ्रे । पाँचखाल नगरपालिकाले कोभिड संक्रमित अति विपन्न नागरिकलाई १० हजार रुपैयाँ अर्थिक सहयोग गर्ने भएको छ ।
नगर प्रमुख महेश खरेलले कोभिड संक्रमित अति विपन्न बिरामीको लागि उपचार खर्च १० हजार, मास्क, स्यानिटाइजर, औषधि, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्ने जानकारी दिनुभयो । विपन्न संक्रमितले वडा कार्यालयको सिफारिस र अस्पतालको प्रमाणित कागजको आधारमा रकम प्राप्त गर्न सक्नेछन ।
यसअघि पाँचखाल नगरपालिकाले नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आउनुभएको गाडीलाई कोभिड बिरामीको लागि एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्