
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्देयश त्रिपाठीले खोप खरिदमा अनिमियता भएको भन्ने तथ्यहीन कुरा नबोल्न नेताहरूलाई आग्रह गर्नुभएको छ ।
मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप खरिदमा १ रुपैयाँ पनि कमिसन नदिएको स्पस्ट पार्दै बुझेर मात्र बोल्न सांसद र नेताहरूलाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘कुनै तथ्य डेटा छैन भने हामी सहयोग गर्न तयार छौँ तर बुझेर मात्र बोल्नुस्, अफवाह नफैलाउनुहोस् ।’
सरकारले जिटुजी मार्फत सहुलियतामा ४ डलरमा खोप खरिद गरेको भन्दै उहाँले ४ डलरमा नै कसैले खोप खरिद गरेर ल्याउँछ भने सरकार १ करोड डोज खोप खरिद गर्न तयार भएको बताउनुभयो ।
खोप खरिद गर्न विभिन्न देशहरूसँग छलफल गरिरहेको बताउँदै मन्त्री त्रिपाठीले कोभ्याक्सले भारतको सिरम इन्स्टिच्यूटसँग नै खोप खरिद गर्न खोजेकोले त्यसबाट खाउने खोपमा समेत केही ठिलाई भएको स्पस्ट पानुभयो ।
कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजनको सहजताका लागि निजी क्षेत्रलाई आह्वान गर्दै उहाँले महामारीको समयमा अक्सिजनको दुरूपयोग र कालोबजारी नगर्न पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्