
काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री खरिद गर्न अर्थ मन्त्रालयसँग १४ अर्ब रुपैयाँ माग गरेको छ ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमण रोगथाम र उपचारमा प्रयोग गरिने सामग्री खरिद गर्न अर्थ मन्त्रालयसंग १४ अर्व रकम माग गरेको जानकारी दिनुभयो ।
सचिव अर्यालले अर्थमन्त्रालयसँग मंगलबार भएको छलफलमा रकम निकासा दिने विषयमा अर्थमन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।
संक्रमितहरूको उपचारमा प्रयोग हुने अक्सिजन उत्पादनमा समस्या भइरहेको भन्दै सचिव अर्यालले हाल अस्पतालमा अक्सिजन सहितका शय्याको अभाव हुँदा संक्रमितको उपचारमा समस्या भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्