
काठमाडौं । कोभिड संक्रमित नेकपा एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । एमाले नेता योगेश भट्टराईले उहाँको मृत्युको पुष्टि गर्नुभएको छ ।
केही दिनदेखि मनमोहन अस्पतालमा कोभिडको उपचार गराइरहनुभएका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०२० साल फागुन ५ गते जन्मिएका चौलागाईं २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष हुनुभएको थियो । २०३७ देखि २०४७ सम्म नेकपा मालेको दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाईं २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापतिसमेत हुनुभएको थियो ।
२०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जित्नुभएका उहाँ २०६३/६४ को अन्तरिम व्यवस्थापिका सांसद बन्नुभएको थियो । त्यस्तै उहाँ २०७०/७४ मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
चौलागाईंका श्रीमतीसहित तीन सन्तान छन् ।
प्रतिक्रिया दिनुहोस्