२४ चैत्र २०८१, आइतबार | Sun Apr 6 2025


ला लिगाको उपाधि होडमा बार्सिलोनालाई धक्का


0
Shares

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको हो ।

पहिलो हाफमा लियोनल मेस्सी र पेड्रो गोन्जालेज लोपेजले एक एक गोल गरि बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

तर दोस्रो हाफमा सो अग्रता कायम हुन सकेन । लेभान्तेका गोन्जालो मेलेरो र जोसे लुइज मोरालेसले गोल गरि खेल २–२ को बराबरीमा ल्याए ।

६४ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरि पुनः बार्सिलोनालाई अग्रता दिलाए । तर ८३ औँ मिनेटमा लेभान्तेका सर्जिओ लिअनले बराबरी गोल गरे ।

बराबरीसंगै दोस्रो स्थानको बार्सिलेनाको दुई खेल बाँकी छंदा ७६ अंक भएको छ ।

तीन खेल खेल्न बाँकी रहेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७७ र तेस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ ।

ला लिगा अन्तर्गत गएराति भएका अन्य अन्य खेलहरुमा ओसासुनाले काडिजलाई ३–२ ले र एलाभेसले एल्चीलाई २–० ले पराजित गरेका छन् ।