
चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार चौतारा साँगाचोकगढीमा १८, जुगलमा ४, बलेफिमा ७, बाह्रबिसेमा ४, मेलम्चीमा १७, भोटेकोशीमा १ र ठेगाना नखुलेका २ गरी ५३ जनामा कोरोना पोजेटिभ भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै यो अहिलेसम्मको सबैभन्दा बढी संक्रमितको संख्या हो । यो सँगैं जिल्लामा संक्रमितको संख्या ४ सय ८१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्