सिन्धुपाल्चोकमा एकैदिन ५३ मा संक्रमण पुष्टि • Image Khabar Image Khabar


सिन्धुपाल्चोकमा एकैदिन ५३ मा संक्रमण पुष्टि


Imagekhabar
२९ बैशाख २०७८, बुधबार ०८:४०

सिन्धुपाल्चोकमा एकैदिन ५३ मा संक्रमण पुष्टि

चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार चौतारा साँगाचोकगढीमा १८, जुगलमा ४, बलेफिमा ७, बाह्रबिसेमा ४, मेलम्चीमा १७, भोटेकोशीमा १ र ठेगाना नखुलेका २ गरी ५३ जनामा कोरोना पोजेटिभ भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै यो अहिलेसम्मको सबैभन्दा बढी संक्रमितको संख्या हो । यो सँगैं जिल्लामा संक्रमितको संख्या ४ सय ८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्