 
	    काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।
निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले तीनदिनको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।
प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ बजे सकिँदै छ । प्रदेश प्रमुखले दिएको समयसीमा भित्र दलहरूले बहुमत पुर्याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने छ ।
६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् ।
नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । जनमोर्चाका एक सांसदले कांग्रेस नेतृत्वलाई सहयोग गर्न नसकिने बताएपनि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कम हुँदै गएको छ ।
अहिले सम्मको अवस्था हेर्दा गुरुङ नै पुनः मुख्यमन्त्री बन्ने देखिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्