गण्डकीमा नयाँ मुख्यमन्त्री चयनका लागि दिइएको समयसीमा आज सकिंदै • Image Khabar Image Khabar


गण्डकीमा नयाँ मुख्यमन्त्री चयनका लागि दिइएको समयसीमा आज सकिंदै


Imagekhabar
२९ बैशाख २०७८, बुधबार ०९:०४

गण्डकीमा नयाँ मुख्यमन्त्री चयनका लागि दिइएको समयसीमा आज सकिंदै

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।

निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले तीनदिनको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ बजे सकिँदै छ । प्रदेश प्रमुखले दिएको समयसीमा भित्र दलहरूले बहुमत पुर्याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने छ ।

६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् ।

नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । जनमोर्चाका एक सांसदले कांग्रेस नेतृत्वलाई सहयोग गर्न नसकिने बताएपनि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कम हुँदै गएको छ ।

अहिले सम्मको अवस्था हेर्दा गुरुङ नै पुनः मुख्यमन्त्री बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्