
काठमाडौं । समाजसेवी तथा नेपाल–चीन बिज्ञ दिनेश खनालले नेपाल पत्रकार महासंघ ईमेज प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठानमा पुगेर सामाजिक अभियान्तासमेत रहेका खनालले मास्क, सेनीटाईजरलगायतका सुरक्षा सामाग्री प्रतिष्ठानका अध्यक्ष शंकर खनाललाई हस्तान्तरण गर्नुभयो ।
उहाँले कोरोना महामारीमासमेत सञ्चारकर्मी फिल्डमा खटेर जनतालाई सुसुचित गरेको भन्दै ९ सय ५० थान मास्क सञ्चारकर्मीको सुरक्षाकोलागि प्रदान गर्नुभयो ।
उहाँले सञ्चारकर्मी आफ्नो धर्मबाट पछि नहटेको भन्दै सञ्चारकर्मीलाई सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।
सहयोग पर्याप्त नभएपनि सबैलाई सहयोगी भावना राखेर अप्ठ्यारो परिस्थितिमा एकआपसमा सहयोग गर्नु पर्ने उहाँको भनाई थियो ।
कोरोना संक्रमण बढ्दै जाँदा सञ्चारकर्मीमा पनि जोखिम बढ्दै गएको भन्दै उहाँले आगामी दिनमासमेत सहयोग गर्ने वचन दिनुभयो ।
नेपाल पत्रकार महासंघ ईमेज प्रतिष्ठानका अध्यक्ष शंकर खनालले महामारीमा सबै घरमा सुरक्षित रुपमा बस्दा सञ्चारकर्मी चौबिसैै घण्टा फिल्डमा खटेर जनतालाई सुसुचित गरेको बताउनुभयो ।
जस्तो सुकै कठिन परिस्थितिमा पनि सञ्चारकर्मी आफ्नो कर्ममा प्रतिबद्ध हुने भन्दै समाजसेवी खनालले देखाएको सहयोगि भावनाको प्रशंसा गर्नुभयो ।
झण्डै २५ बर्ष चीनमा चीनको विकास अध्ययन र त्यहाँको सामाजिक, आर्थिक अवस्थाको बारेमाा लामो अध्ययन गरेर नेपाल फर्कीएका खानालले नेपालको विकास र सामाजिक काममा सहयोग पु¥याउदै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्