१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गंगा नदीमा बेवारिसे शव (अपडेट) : शव संख्या ७१ पुग्यो, संक्रमितको शव त्यत्तिकै फ्याँकिएको आशंका


0
Shares

एजेन्सी । भारतको विहारस्थित गंगा नदी किनारमा भेटिएका बेवारिसे शवको संख्या ७१ पुगेको छ । पहिचान नखुलेका ती शव कहाँबाट आयो भन्ने समेत यकिन हुन सकेको छैन ।

पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शव बक्सर जिल्ला प्रशासनले पोष्टमार्टम पछि गाडेको जनाएको छ । शवको डिएनए नमूना भने सुरक्षित राखिएको छ ।

अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरुले बताएका छन् ।

कतिपयले भने शव जलाउने दाउराको मूल्य महँगो भएकाले शव त्यत्तिकै फ्याँकिएको हुनसक्ने अनुमान गरेका छन् । यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए ।