
काठमाडौं । कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न दौडधुप गरिरहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले बोली फेर्नुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सबै दलहरुबीच सहमति अनुसार बहुमतको सरकार गठनमा लाग्नु भएका बाबुराम भट्टराइको एकाएक बोली फेरिएको हो ।
देशको संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दल मिलेर पूर्व प्रधानमन्त्री बाहेककाबाट राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने भट्टराइले बताउनु भएको छ ।
भट्टराइले भन्नुभएको छ, ‘सबैदलको सहभागिता र वर्तमान तथा पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं ।’
वर्तमान तथा पूर्व प्रधानमन्त्री बाहेकका को व्यक्ति सर्वदलीय सरकारको प्रधानमन्त्री हुने भन्नेबारे भट्टराइले केही खुलाउनु भएको छैन् ।
बुधबार ट्विट गर्दै उहाँले दलका प्रमुख तथा पूर्व प्रमुखहरु सम्मिलित निर्देशक समिति बनाउन समेत प्रस्ताव गर्नुभएको छ ।
भट्टराइले सर्वदलीय सरकार निर्माण पछि एक वर्ष भित्र चुनाव गर्ने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्