२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


ग्रान्डीले कोभिडका बिरामी भर्ना नलिने


0
Shares

काठमाडौं । ग्रान्डी इन्टरनेसनल हस्पिटलले कोभिड १९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएका कारण कोभिड १९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएको हो ।

नेपाल सरकारको नियम अनुसार दैनिक १ सय सिलिन्डर मात्र अक्सिजन प्राप्त हुने कारण नयाँ बिरामीको भर्ना गरेर उपचार गर्न नसकेको ग्राण्डीले जनाएको छ ।

कोरोना महामारीका कारण अस्पतालहरुमा कोरोना संक्रमितलाई अक्सिजन अभाव भएपछि सरकारले कोटा प्रणाली लागू गरेको थियो । यसले झन बिरामीको उपचारमा कठिनाई भएको छ ।