
एजेन्सी । भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या घटे पनि संक्रमितको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा एकैदिन ४१ सय २६ जनाको मृत्यु हुँदा ३ लाख ६२ हजार ४ सय ६ संक्रमित थपिएका छन् । अघिल्लो दिन त्यहाँ ४२ सय मानिसको कोभिडका कारण ज्यान जाँदा ३ लाख ४८ हजार ५ सय जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घण्टाको अपडेटसँगै भारतमा अहिलेसम्म २ लाख ५८ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या २ करोड ३७ लाख २ हजार ८ सय ३२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ सय ४५ जनाको मृत्यु हुँदा ७६ हजार ६ सय ३८ संक्रमित थपिएका छन् । अमेरिकामा ८ सय १६ जनाको कोभिडबाट ज्यान जाँदा ३४ हजार ७ सय ४१ नयाँ संक्रमित थपिएका छन् ।
एकदिनमा अर्जेन्टिनामा ४ सय ९६, कोलोम्बियामा ४ सय ९०, इरानमा ३ सय ६६ जनाको मृत्यु भएको छ । यी देशहरूमा संक्रमितको संख्या पनि तीव्र रूपमा बढिरहेका छन् ।
योसँगै अहिलेसम्म विश्वभर कोभिडबाट ३३ लाख ४४ हजारभन्दा बढीको मृत्यु भइसक्दा १६ करोड १० लाख ६३ हजार भन्दा धेरैमा संक्रमण भइसकेको छ । जसमध्ये १३ करोड ९८ लाख ४१ हजार भन्दा बढी संक्रमण मुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्